दोश्रो कालिमाटी रेस्लिङ शनिबार

Posted on: June 16, 2016 | views: 346

काठमाडौं,असार २ ।  हिमालयन टाइगर प्रो. रेस्लिङ एसोसिएसन तथा कालिमाटी तरकारी बजार युवा क्लबको संयुक्त आयोजनामा दोश्रो कालिमाटी रेस्लिङ सो शनिबार हुने भएको छ ।

सोमा पुरुष÷महिलाको भिडन्त हुने छ । हिमालयन टाइगर, मिस्टर यति, अजिङ्गर, स्कोरपियन, द वारियर, मिस्टर बाबुसापलगायत सहभागी हुने छन् । महिलातर्फ युनिका र जुरेलीले भाग लिने आयोजक संघले जनाएको छ ।