पाँचौ पुष्पलाल स्मृती ब्याडमिन्टन शनिबार

Posted on: June 15, 2016 | views: 268

काठमाडौं,असार १ । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा पाँचौ पुष्पलाल स्मृती ¥याङिकङ्ग ब्याडमिन्टन प्रतियोगिता शनिबार राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने भएको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा चार दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष र महिला एकलको ¥याङिकङ्ग, तथा खुला तर्फ यु – १७ छात्र तथा छात्रा, पुरुष र महिला जोडी, एवं भेट्रान्स जोडी गरि ७ विधामा प्रतिस्पर्धा गराईने भएको छ ।


अनुमानित लागत १५ लाख ३६ हजार ५ सय रहेको प्रतियोगितामा ¥याङिकङ्ग प्रतियोगिता खेल्ने खेलाडीहरुले प्रत्येक म्याच खेलेबापत नगद १५ सय प्राप्त गर्ने र पहिलो हुनेले नगद ४५ हजार प्राप्त गर्ने आयोजक संघका अध्यक्ष एवं नेपाल ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठले जानकारी गराए ।

¥याङिकङ्ग प्रतियोगितामा लगातार तीन पटक विजयी हुने खेलाडीलाई मोटरसाईकल प्रदान गरिने योजना मुताविक यस बर्ष रत्न जित तामाङ्गलाई उक्त पुरस्कार प्रदान गरिने आयोजक संघका महासचिव सुनिल शाक्यले जानकारी गराए । गत बर्ष उक्त पुरस्कार सरादेवी तामाङ्गले प्राप्त गरेकी थिईन् । यस्तै प्रत्येक बर्ष झै यस बर्ष पनि एक उत्कृष्ट प्रशिक्षकलाई सम्मान गरिने छ ।

प्रतियोगिताको अलावा राष्ट्रिय ब्याडमिन्टन संघले जिल्लामा खेलाडी उत्पादन गर्ने उद्धेश्यले विभिन्न जिल्लाहरुमा प्रशिक्षण कार्यक्रम समेत संचालन गर्दै आईरहेको आयोजकले जनाएका छन् । प्रतियोगितालाई पाँचौ पटक पनि क्वस्ट फर्मास्युटिकलको साथ रहने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।