युरोकप फुटबल आजदेखि, हेर्नुहोस् नेपाली समय अनुसारको खेल

Posted on: June 10, 2016 | views: 4897

२८ जेठ,एजेन्सी ।

मिनी विश्वकपको रुपमा हेरिने गरेको विश्वकपपछि सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरोकपको १५औं संस्करण आजदेखि फ्रान्समा सुरु हुदैछ ।  उदघाटन खेल आयोजक राष्ट्र फ्रान्सले रोमानियाको सामना गर्दैछ ।  विश्व बरियतामा १७औं स्थानमा रहेको फ्रान्स समूह ए मा बलियो टिमको रुपमा आफुलाई स्थान पाएको छ ।  


२४ देशका टोलीले भाग लिने युरोकप २०१६ मा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । युरोकप विश्वकपपछिको दोस्रो चर्चित फुटबल मानिन्छ । प्रत्येक समूहमा रहेका चार मध्ये शीर्ष दुईमा रहने १२ टोली तथा तेस्रो स्थानमा रहेका चार उत्कृष्ट टोली गरी अन्तिम १६ मा प्रवेश गर्ने छन् र नकआउट चरण शुरु हुनेछ ।

समूह ए

जेठ २८ फ्रान्स रोमानिया १२:४५ बजे राति

जेठ २९ अल्वानिया स्विट्जरल्याण्ड ५:४५ बजे बेलुका

असार १ रोमानिया स्विट्जरल्याण्ड ९:४५ बजे राति

असार १ फ्रान्स अल्वानिया १२:४५ बजे राति

असार ५ रोमानिया अल्वानिया १२:४५ बजे राति

असार ५ स्विट्जरल्याण्ड फ्रान्स १२:४५ बजे राति

समूह बी 

जेठ २९ वेल्स स्लोभाकिया ९:४५ बजे राति

जेठ २९ इंगल्याण्ड रुस १२:४५ बजे राति

असार १ रुस स्लोभाकिया ६:४५ बजे बेलुका

असार २ इंगल्याण्ड वेल्स ६:४५ बजे बेलुका

असार ६ रुस वेल्स १२:४५ बजे राति

असार ६ स्लोभाकिया इंगल्याण्ड १२:४५ बजे राति


समूह सी

जेठ ३० पोल्याण्ड उत्तरी आयरल्याण्ड ९:४५ बजे राति

जेठ ३० जर्मनी युक्रेन १२:४५ बजे राति

असार २ युक्रेन उत्तरी आयरल्याण्ड ९:४५ बजे राति

असार २ जर्मनी पोल्याण्ड १२:४५ बजे राति

असार ७ युक्रेन पोल्याण्ड ९:४५ बजे राति

असार ७ उत्तरी आयरल्याण्ड जर्मनी ९:४५ बजे राति


समूह डी 

जेठ ३० टर्की क्रोएसिया ६:४५ बजे बेलुका

जेठ ३१ स्पेन चेक गणतन्त्र ६:४५ बजे बेलुका

असार ३ चेक गणतन्त्र क्रोएसिया ९:४५ बजे राति

असार ३ स्पेन टर्की १२:४५ बजे राति

असार ७ चेक गणतन्त्र टर्की १२:४५ बजे राति

असार ७ क्रोएसिया स्पेन १२:४५ बजे राति


समूह ई

जेठ ३१ आयरल्याण्ड स्विडेन ९:४५ बजे राति

जेठ ३१ बेल्जियम इटली १२:४५ बजे राति

असार ३ इटली स्विडेन ६:४५ बजे बेलुका

असार ४ बेल्जियम आयरल्याण्ड ६:४५ बजे बेलुका

असार ८ इटली आयरल्याण्ड १२:४५ बजे राति

असार ८ स्विडेन बेल्जियम १२:४५ बजे राति

समूह एफ

जेठ ३२ अष्ट्रिया हंगेरी ९:४५ बजे राति

जेठ ३२ पोर्चुगल आइसल्याण्ड १२:४५ बजे राति

असार ४ आइसल्याण्ड हंगेरी ९:४५ बजे राति

असार ४ पोर्चुगल अष्ट्रिया १२:४५ बजे राति

असार ८ आइसल्याण्ड अष्ट्रिया ९:४५ बजे राति

असार ८ हंगेरी पोर्चुगल ९:४५ बजे राति