कोपा अमेरिका: भेनेजुएलाको विजयी सुरुवात

Posted on: June 06, 2016 | views: 282

एजेन्सी,जेठ २४ । कोपा अमेरिका फुटबलमा  जमैकालाई पराजित गर्दै भेनेजुएलाले विजयी सुरुवात गरेको छ । समूह सी अन्तर्गतको सोमबार बिहान भएको खेलमा जमैकालाई १–० ले हराउदै भेनेजुएलाले विजयी सुरुवात गरेको हो । सिकागोमा भएको खेलमा भेनेजुएलाको जित भेनेजुएलाले कोपा अमेरिकामा अहिलेसम्म खेलेका ५९ खेलमा यो छैटौं जित हो । भेनेजुएलाले समूहको दोस्रो खेलमा आउँदो बिहीबार उरुग्वेसँग तथा जमैकाले मेक्सिकोसँग खेल्ने छ ।