एसिया कपमा भारतले आज सहजै पन्छाउला बंगलादेशलाई ? यस्तो छ इतिहास

Posted on: April 30, 2016 | views: 257

काठमाडौं,फागुन १२ । एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा  आज आयोजक बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुदैछ । बंगलादेशमा साँझ ७ बजे हुने खेलमा भारतिय कप्तान महेन्द्र सिहं धोनीको खेल्ने नखेल्ने अन्योल रहेको छ । बंगलादेशलाई सहजै पन्छाउन भारतलाई कठिन रहेको छ । गत बर्ष भारतलाई हराउँदै बङ्लादेश पहिलो पठक एसिया कपको फाईनलमा पुगेको थियो ।
आमने-सामने:
एशिया कपमा भारत र बांग्लादेश बीच १९८८  देखि २०१४ सम्म १० खेल भएको छ । जसमा ९ खेल भारतले र १ खेल बङ्लादेशले जितेको छ । चार खेल बङ्लादेशमा १ खेल
भारतमा भएको छ । बाँकी सबै खेल तटस्थ मैदानमा भएको हो ।

फ्लॉप शोः
-२०१४ देखि बांग्लादेशका खेलाडीले अन्तिम चार ओभरमा १३२।३३ स्ट्राइक रेटमा रन बनाएका छन् । जुन टेस्ट खेलने देशमा सबैभन्दा राम्रो हो । पावरप्लेमा बांग्लादेशको स्ट्राइक रेट ११२ छ । जुन पाकिस्तान पछि सबैभन्दा खराब प्रदर्शन हो  ।
-टी- मा २०१४ देखि भारतको नम्बर पाँच देखि सात नम्बरमा ब्याटिङ गर्ने खेलाडीले १७.७८ को खराब अौसतमा रन बनाएका छन् । यो टेस्ट राष्ट्रले बनाएको सबैभन्दा खराब अौसत हो । यो भन्दा खराब औसत केवल नेपाल, हङकङ र पापुवा न्यूगिनीको छ ।