एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि,यस्तो छ खेल तालिका

Posted on: May 02, 2016 | views: 303

काठमाडौं,फागुन १२ ।  एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुदैछ । बंगलादेशमा हुने खेलमा आज आयोजक बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुदैछ । एसिया कपमा यसपालि एसियाका पाकिस्तान, भारत, श्रीलंका, बङ्लादेश र युएई गरि जम्मा पाँच देशले सहभागिता जनाउदै छन् । युएई क्वालिफायर मार्फत मुख्य प्रतियोगिताको लागि छनोट भएको हो । एसोसियट राष्ट्रहरु अफगानिस्तान, युएई, ओमान र हंगकंगबीच राउण्ड रोबिन आधारमा छनौट प्रतियोगिता भएको थियो ।  राउण्ड रोबिन लिगको आधरमा हुने प्रतियोगिताको ओपनिङ खेलमा भोलि आयोजक बङ्लादेश र भारत भिड्नेछन् ।
 
मुख्य प्रतियोगिता पनि राउण्ड रोबिन लिग कै आधरमा हुनेछ र शिर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गनर छन् । सबै खेल बंगलादेशको शेरे बंगला रंगशालामा नेपाली समय अनुसार बेलुका ७:१५ बजे सुरु हुनेछ । एसिया कप पहिलो पटक टि २० मा हुदैछ । यसअघिका संस्करण ५० ओभरको हुन्थ्यो ।
यस्तो छ खेल तालिका ।
२४ फरवरी भारत – बांग्लादेश
२५ फरवरी श्रीलंका – युएई
२६ फरवरी बंगलादेश – युएई
२७ फरवरी भारत – पाकिस्तान
२८ फरवरी बंगलादेश – श्रीलंका
२९ फरवरी पाकिस्तान – युएई
१ मार्च भारत – श्रीलंका
२ मार्च बंगलादेश – पाकिस्तान
३ मार्च भारत – युएई
४ मार्च पाकिस्तान – श्रीलंका
६ मार्च – फाइनल