आईपिएल:कोहलीको कीर्तिमान,कसले बनाए कति रन,कसले लिए कति विकेट ?

Posted on: May 30, 2016 | views: 491

एजेन्सी,जेठ १७ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले आईपिएल २०१६ मा  ९७३ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।  कोहलीले १६ खेलबाट चार शतक र सात अर्धशतक सहित  ८३ चौका र ३८ छक्का प्रहार गर्दै उक्त रन बनाउदै रेकर्ड कायम गरेका हुन् । उनको कप्तानीमा खेलेको रोयल च्यालेन्जर्स बैंग्लोरले राम्रो खेलेर पनि उपाधि भने जित्न सकेन् । आइतबार राति एम चिन्नास्वामी रंगशालमा भएको फाइनलमा बैंग्लोर सनराइजर्स हैदरावादसँग ८ रनले पराजित भयो । 


यो खेलमा विराटले ३५ बलमा ५४ रन बनाए । उनले ओरेन्ज क्याप पाएका छन्। यस्तै विजेता सनराइजर्स हैदराबादका तिब्र गतिका बलर भुवनेश्वर कुमारले पर्पल क्याप पाएका छन्। बलिङ तर्फ सर्वाधिक विकेट लिने खेलाडी हैदारवादका भुवनेश्वरले १७ खेलबाट २३ विकेट लिए। यस्तै बैलोरका यजुवेन्द्र चहलले २१ विकेट र शेन वाट्सनले २० विकेट लिएका छन्।


यो आइपिएलमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

-विराट कोहली (रोयल च्यालेन्जर्स बैंग्लोर): ९७३ (१६ खेलका १६ पारी, चार शतक, ६ अर्धशतक, ८३ चौका र ३८ छक्का)

-डेविड वार्नर (सनराइजर्स हैदरावाद): ८४८ (१७ खेलका १७ पारी, ८ अर्धशतक, ८८ चौका र ३१ छक्का)

-एबी डी भिल्लिएर्स ((रोयल च्यालेन्जर्स बैंग्लोर): ६८२ (१५ खेलका १५ पारी, एक शतक, ६ अर्धशतक, ५७ चौका र ३७ छक्का)

-गौतम गाम्भीर (कोलकाता नाइट राइडर्स): ५०१ (१५ खेलका १५ पारी, ५ अर्धशतक, ५४ चौका र ६ छक्का)

-रोहित शर्मा (मुम्बई इन्डियन्स): ४८९ (१४ खेलका १४ पारी, ५ अर्धशतक, ४९ चौका र १६ छक्का)

यो आइपिएलमा सर्वाधिक रन बनाउने विराट आइपिएलको अहिलेसम्मका सबै सिजनमा गरेर धेरै रन बनाउने खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा छन् । उनले सन् २००८ देखि अहिलेसम्म बैंग्लोरबाट एक सय ३९ खेलका एक सय ३१ पारीमा ३८ दशमलव ०५ को औषतमा चार हजार एक सय १० रन बनाएका छन् । उनी दोस्रो स्थानका सुरेश रैना भन्दा १२ रनले अघि छन् । चेन्नाई सुपर किंग्स र गुजरात लाइन्सबाट रैनाले अहिलेसम्म चार हजार ९८ रन बनाएका छन् । 


आइपिएलका अहिलेसम्मका सर्वाधिक रन बनाउने पाँच खेलाडी

-विराट कोहली (रोयल च्यालेन्जर्स बैंग्लोर): ४११० (१३९ खेलका १३१ पारी, चार शतक, २६ अर्धशतक, ३५९ चौका र १४८ छक्का)

-सुरेश रैना (चेन्नाई सुपर किंग्स र गुजरात लाइन्स): ४०९८ (१४७ खेलका १४३ पारी, एक शतक, २८ अर्धशतक, ३६० चौका र १६० छक्का)

-रोहित शर्मा (चेन्नाई सुपर किंग्स र गुजरात लाइन्स): ३८७४ (१४२ खेलका १३८ पारी, एक शतक, २९ अर्धशतक, ३२३ चौका र १६३ छक्का)

-गौतम गाम्भीर (दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्स): ३६३४ (१३२ खेलका १३१ पारी, ३१ अर्धशतक, ४२२ चौका र ५१ छक्का)

-क्रिस गेल (कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर) ३४२६ (९२ खेलका ९१ पारी, पाँच शतक, २० अर्धशतक, २७८ चौका र २५१ छक्का)