एसिया कपवाट धोनी आउट विकेटकिपर पार्थिव पटेल !

Posted on: May 02, 2016 | views: 482

एजेन्सी,फागुन ११ । भारतीय टिमका कप्तान महेन्द्रसिंह धोनी घाइते भएका छन् । एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि बंगलादेश गएको  कप्तान धोनी अभ्यासको क्रममा घाइते भएका हुन् । उनी घाइते भएपछि खेल्न सक्ने नसक्ने अन्योल भएको छ । उनको स्थानमा  विकेटकिपर पार्थिव पटेल बंगलादेश जाने भएका छन् । 

बिसिसिआइले विज्ञप्ती निकालेर अभ्यासको क्रममा धोनीको मांशपेशीमा चोट आएको र ब्याकअपको रुपमा पटेललाई बंगलादेश पठाउने निर्णय भएको जानकारी दिएको छ । योसँगै पटेल चार वर्षपछि भारतीय टिममा फर्किएका छन् । बुधबारदेखि सुरु हुने एसिया कपको पहिलो खेलमा भारतले पहिलो बुधबार नै बंगलादेशसँग खेल्ने छ । धोनीको फिटनेस भारतीय टिमका लागि निकै महत्वपूर्ण छ । एसिया कप लगतै ट्वेन्टी–ट्वेन्टी विश्वकप हुनेछ ।