म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा 

Posted on: May 02, 2016 | views: 175

एजेन्सी,फागुन ११ । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा श्रीवसबर्री टाउनलाई ३–० ले हराएर म्यानचेस्टर युनाइटेडले क्वाटरफाइनलमा क्वाटरफाइनल प्रवेश गरेको हो। खेलको ३७ औँ मिनेटमा स्मालिङले गोल गर्दै म्यानुलाई सुरुवाती अग्रता दिलाए। यस्तै पहिलो हाफको अन्तिम मिनेटमा जुवान माटाले गोल गर्दै म्यानुको अग्रता दोब्बर पारे। 

विल केनी चोटका कारण मैदान छिरेको केही मिनेटपछि नै खेल्न नसक्ने भएपनि म्यानचेस्टर युनाइटेडले अन्तिमको १४ मिनेट १० खेलाडीमा सीमित भएर खेलेको थयो । म्यानचेस्टर युनाइटेडले क्वाटरफाइनलमा वेष्ट ह्यामसँग खेल्ने छ ।