विमल घर्ती मगरकी बहिनीको हत्या आरोपमा प्रेमीसहित ३ पक्राउ (अपडेट)

Posted on: May 26, 2016 | views: 834

काठमाडौं,जेठ १३ । प्रहरीले राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको  प्रेमीबाटै हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरेको छ ।  बुधवार राति आफ्नै घर बर्दघाट नगरपालिका ८ मा मृत अवस्थामा भेटिएकी मनिषाको हत्या गरेको अभियोगमा प्रहरीले आशिष चौधरीसहित ३ जनालाई पक्राउ गरेको छ । 


आशिष र मनिषाबीच प्रेम सम्बन्ध रहेको र त्यसकै कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । १७ वर्षकी मनिषा  ११ कक्षाको परीक्षा दिएर बसेकी थिईन । उनी  बुधबार घरमा एक्लै थिइन्।