कोहली र धोनी कप्तान, राहाने उपकप्तान,शार्दुलको डेब्यु

Posted on: May 23, 2016 | views: 357

काठमाडौं,जेठ १० । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले विराट कोहली र महेन्द्रसिंह धोनीको नेतृत्वमा जिम्बाबेसँगको एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी शृंखला तथा वेष्ट इन्डिजसँगको टेस्ट शृंखलाका लागि टिम घोषणा गरेको छ। बिसिसिआईले जुलाई तथा अगस्टमा खेलिने वेष्ट इन्डिजसँगको टेस्टका लागि विराट कोहलीको कप्तानीमा १७ सदस्यीय टेस्ट टिम घोषणा गरेको हो । 


अजिन्क्या राहाने उपकप्तानमा नियुक्त भएका छन् । टिममा तीब्र गतिका बलर शार्दुल ठाकुरेलाई डेब्यु दिएको छ।उनी आइपिएल टिम मुम्बई इन्डियन्सबाट खेल्छन् । तर वरुण आरोन भने टिममा परेनन् ।


टेस्ट टिम : विराट कोहली (कप्तान), मुरली विजयी, शिखर धवन, केएल राहुल, चेतेश्वर पुजारा, अजिन्क्या राहने (उपकप्तान), रोहित शर्मा, रिद्धिमान साह, रविचन्द्रन आश्विन, भुवनेश्वर कुमार, उमेश यादव, शार्दुल ठाकुर र स्टुआर्ट बिन्नी ।  यस्तै जुनमा हुने जिम्बाबेसँगको तीन वानडे तथा तीन ट्वेन्टी–ट्वेन्टी श्रृँखलाका लागि पनि टिम घोषणा भएको छ । जिम्बाबे भ्रमणका लागि महेन्द्र सिंह धोनीको कप्तानीमा टिम घोषणा भएको हो । विराट कोहली, रोहित शर्मा र शिखर धवनलाई भने आराम दिइएको छ। 


जिम्बाबे भ्रमणका लागि टिम : महेन्द्र सिंह धोनी (कप्तान), केएल राहुल, फैज फजल, मनिष पाण्डे, करुण नायर, अम्बाती रायडु, ऋषि धवन, अक्षर पटेल, जयन्त यादव, धवल कुलकर्णी, जसपिंत बुमराह, बरिन्दर सरन, मन्दिप सिंह, केदार जाधव, जयदेव उनदकट र युजवेन्द्र चहल ।