आईपीएल क्रिकेट: दिल्लीलाई हराउँदै बैंगलोर प्ले-अफमा

Posted on: May 22, 2016 | views: 187

एजेन्सी,जेठ १० । दिल्ली डेयरडेभिल्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग (आईपिएल) को  प्ले-अफमा प्रवेश गरेको छ ।  आईतबार राती भएको खेलमा डेयरडेभिल्सलाई   ६ विकेटले पराजित गर्दै बैंगलोरले अन्तिम चारमा स्थान बनाएको हो । यो जितसँगै अंक तालिकामा दोस्रो स्थानमा बैंगलोर उक्लेको छ। टस हारेर सुरुमा ब्याटिङ्ग गरेको दिल्लीले  निर्धारित २० ओभरमा ८ विकेट गुमाएर  एक सय ३८ रन बनायो । दिल्लीका क्विटन डि ककले ५२ बलमा ५ चौंका र १ छक्काको मद्दतले ६० रनको अर्धसतकिय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् भने सन्जु सामसोनले  १७ रन बनाउनु बाहेक अरु ब्याटमेनले दोहोर अंक बनाउन सकेनन् । बैंग्लोरका युजभेन्द्र सिंहले ३ विकेट लिए भने क्रिस गेल २ विकेट तथा  श्रिनाथ अर्बिन्द्र र क्रिस जोडनले १-१ हात पारे ।

 

विराट कोहलीको अर्धशतकको मदतले बैंगलोरले जित हात पारेको हो। बैंगलोरले १८.१ ओभरमा ४ विकेटको क्षतिमा १३९ रन बानउँदै लक्ष्य प्राप्त गरेको थियो। कोहलीले ४५ बलमा ५४ रन बानएका थिए भने लोकेश राहुलले ३८ रनको योगदान दिएका थिए।  खेलका प्लेयर अफ म्याच विराट कोहली घोषित भएका थिए।  

 

अंक तालिकामा गुजरात लायनस १८ अंकका साथ पहिलो स्थानमा रहेको छ भने बैंगलोर, हैदरावाद र कोलकाता १६-१६ अंका साथ क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्।  गुजरात र बैंगलोरले पहिलो प्लेअफ खेल्ने छन्। बिजेताले फाईनलको यात्रा तय गर्नेछ भने पराजित टोलीले हैदरावाद र कोलकाता विचको बिजेतासँग फाईनलमा स्थान प्राप्त गर्न खेल खेल्ने छ।