लाओससँगको मैत्रीपूर्ण फुटवल खेल्न राष्ट्रिय टोलीमा को परे को बाहिरिए ?

Posted on: May 22, 2016 | views: 137

काठमाडौं,जेठ ९ ।  आगामी हप्ता लाओससँग हुने मैत्रीपूर्ण फुटबलका लागि अनिल गुरुङको कप्तानिमा २० सदस्यीय नेपाली टोली घोषणा भएको छ । नेपालको फुटबल टोलीका प्रशिक्षक ग्योटोकु कोजीले ३३ जना खेलाडीमध्येबाट २० जना खेलाडीको छनौट गरेका हुन् । खेल जेठ १६ (मे २९) मा हुनेछ । विश्व फुटबल बरियतामा नेपाल भन्दा चार स्थान माथि रहेको लाओससंग फुटबल खेल्न नेपाली टोली लाओस जानेछ । विश्व फुटबलमा १७६औ स्थानमा रहेको लाओसले एएफसी एसियन कप अन्तर्गतको पहिलो लेगमा भारतको सामना गर्नु अघि नेपाल सँग खेल्ने बताइएको छ । 


लोओसले एसिया कपको प्ले–अफ अन्तर्गतको पहिलो लेगमा जुन २ मा भारतसंग खेल्दै छ । यसअघि चैतको दोश्रो हप्ता मलेसियाको २२ वर्षमुनिको टोलीसँग नेपालले मैत्रीपूर्ण खेल खेल्दा १–१ को बराबरी भएको थियो ।  गोलकिपरमा किरन चेम्जोङ र विकास कुथु छनौट भएका छन् भने डिफेन्डरमा रबिन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र विराज महर्जन रहेका छन् । मिडफिल्डमा विशाल राई, विक्रम लामा, राजेन्द्र रावल, अन्जन विष्ट, जगजित श्रेष्ठ, रहेका छन् ।  यसैगरी फरवर्डमा नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र सुनिल बल रहेका छन् । 

टिम संरचना 

 

गोलकिपर

किरण चेम्जोङ 

विकेश कुथु

 

डिफेन्डर

रबिन श्रेष्ठ

अनन्त तामाङ

आदित्य चौधरी

देवेन्द्र तामाङ

कमल श्रेष्ठ

विराज महर्जन 

 

मिडफिल्डर 

प्रकाश बुढाथोकी

सुजल श्रेष्ठ

हेमन गुरुङ

विक्रम लामा

विशाल राई

राजेन्द्र रावल

अन्जन विष्ट

जगजित श्रेष्ठ 

 

फरवार्ड 

भरत खवास

नवयुग श्रेष्ठ

अनिल गुरुङ

सुनिल बल