जर्मन कप उपाधि बार्यन म्युनिखले जित्यो

Posted on: May 22, 2016 | views: 129

९ जेठ, काठमाडौं ।
बार्यन म्युनिखले जर्मन कपको उपाधि उचालेको छ । शनिबार राति भएको फाइनल भिडन्तमा बार्यनले बोरुसिया डर्टमुन्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधी उचालेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको अतिरित्त समयमा पनि दुबैले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा डर्टमुन्ड दोस्रो र तेस्रो पेनाल्टी प्रहार बार्यनका गोलकिपर नुयरले बेन्डरको रोकेपछि बार्यनले डर्टमुन्डलाई ४-३ ले हराउदै उपाधी जितेको हो ।

यससँगै घरेलु दुई उपाधिका साथ प्रशिक्षक पेप ग्वार्डिओलाले बार्यन म्युनिखबाट सुखद विदाइ समेत भएको छ । उनी अर्को सिजनमा इंग्लिस क्लब म्यानचेष्टर सिटीमा प्रशिक्षकको रुपमा जाँदैछन्