म्यानचेष्टर युनाइटेडको नयाँ प्रशिक्षकमा माउरिन्हो

Posted on: May 22, 2016 | views: 119

९ जेठ, काठमाडौं ।
म्यानचेष्टर युनाइटेडको नयाँ प्रशिक्षकमा जोजे माउरिन्हो नियुक्त भएका छन् ।

म्यानचेष्टर युनाइटेडले क्रिष्टिल प्यालेसविरुद्ध एफए कपको फाइनल खेल्नु अघि सैद्धान्तिक सहमति भए अनुसार माउरिन्होलाई नियुक्त गरेको विविसिले बताएको छ ।

च्याम्पियन्स लिगका लागि छनोट हुन असफल भएपछि म्यानचेष्टर युनाइटेडले टिम परिर्वतन गर्न लागेको हो ।

माउरिन्हो गत डिसेम्बरमा चेल्सीबाट बर्खास्त भएपछि खाली रहेका थिए ।

क्लबले ५३ वर्षीय माउरिन्होलाई प्रशिक्षकमा नियुक्त गरेको घोषणा अर्को साता गर्ने बताइएको छ ।

उनीसँगको सम्झौता लगायतका विषय बाहिर आउन बाँकी रहेको विविसीले उल्लेख गरेको छ ।