जापानका ग्यातुकी कोजी नेपाली फुटबल टोलिका प्रशिक्षक बन्दै

Posted on: May 02, 2016 | views: 315

१० फागुन, काठमाडौं ।
नेपालले पहिलो पटक नेपाली फुटबल टोलिको पशिक्षकको रुपमा जापानी नागरिकलाई नियुक्त अन्तिम तयारी गरेको छ ।

अखिल नेपाल फुटबल संघ 'एन्फा' आवद्ध एक अधिकारीका अनुसार यसबारेमा जापान फुटवल संघका अधिकारीहरुसँग समेत छलफल भइसकेको छ । यसबारेमा एन्फाले केहीदिन भित्रै निर्णय गर्ने तयारी गरेको छ ।

नेपाली राष्ट्रिय टिमका लागि नयाँ र अनुभवि प्रशिक्षकको खोजी गरिरहेको एन्फाले शनिवार जापानी फुटबल संघको अन्तर्राष्ट्रिय विभागका निर्देशक मातासुङगा ताकासी र प्रशिक्षक पदका सम्भावित उम्मेदार कोजीसँग छलफल गरिसकेको छ ।

नेपाली फुटवल टिमको लागि जापानले गर्न सक्ने सहयोग र प्रशिक्षकको विषयमा छलफल गर्न जापानी टोली अहिले काठमाडौंमा रहेको छ ।

सातदाबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका कार्यकारी अध्यक्ष नरेन्द्र श्रेष्ठ र जापानी प्रतिनिधिसँग भएको कुराकानी सकारात्मक भएको र यसबारेमा छिट्टै निर्णय गरिने एन्फाको भनाई छ ।

प्रशिक्षक कोजी जापानी फुटबलको ‘एस’ लाइसेन्स प्राप्त हुन् । एन्फाका अुनसार यो लाईसेन्स एएफसीको प्रो–डिप्लोमा लाइसेन्स समान हो ।

जापानका पूर्व राष्टिय खेलाडी समेत रहेका कोजी यसअघि सन् २००८ देखी २००९ मा भुटानी राष्ट्रिय टिमका प्रशिक्षक रहेकाथिए र सोही समयमा भूटान पहिलो पटक साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुग्न सफल भएको थियो ।