युनिभर्सल कलेज अन्तर कलेज बिबिए कप टि २० को सेमिफाइनलमा

Posted on: May 19, 2016 | views: 601

७ जेठ, काठमाडौं ।
युनिभर्सल कलेज थेम्स् अन्तर कलेज बि बि ए कप टि २० क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

भक्तपुर स्थित नेपाली सेनाको मैदानमा भएको पहिलो खेलमा युनिभर्सल कलेजले पब्लिक युथ क्याम्पसलाई १ रनले पराजित गर्दै सेमिमा स्थान शुरक्षित पारेको क्रिकेट संघ नेपाल क्यनले जनाएको छ ।

पब्लिक युथ क्याम्पसका समुन्द्र पाउडेलले ४८ बलमा ५१ रनको योगदान गरेका थिए । पहिलो ब्याटिङ्ग गरेको युनिभर्सल कलेजले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षेतीमा १ सय ४३ रन बनाएको थियो ।

पब्लिक युथ क्याम्पस २० ओभरमा १ सय ४२ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो । यस खेलको म्यान अफ दि म्याच युनिभर्सल कलेजका तर्पmबाट ३९ बलमा ६८ रन बनाउन सफल गोपाल परियार घोषित भए ।

पहिलो सेमिफाईनल केथफोर्ड ईन्टरनेशनल केलज र महेन्द्र मोरङ्ग अदर्ष मल्टिपल क्याम्पसबिच तथा दोस्रो सेमिफाईनल युनिभर्सल कलेज र नेपाल कमर्स क्याम्पसबिच शुक्रबार हुनेछ ।
.............
मदन भण्डारी तथा पासाङ्ग लाम्हु स्मृती पुरुष तथा महिला भलिबल प्रतियोगितामा कोशी अञ्चलबाट ४ टोली छनोट भएका छन् ।

बिराटनगरमा बिहिबार सम्पन्न खेलबाट महिला तर्पm संखुवासभा र मोरङ्ग तथा पुरुष तर्पm भोजपुर र संखुवासभा छनोट भएका राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

छनोट भएका टोलीले अन्य अञ्चलबाट छनोट भएका टोली संग विराटनगरमा जेठ २७ र २९ गते हुने फाईनल चरणमा प्रतिस्पर्धा गर्ने  छन् ।