महिला राष्ट्रिय लिगको उपाधि पुलिसलाई

Posted on: May 03, 2016 | views: 221

काठमाडौं,बैशाख २० । राष्ट्रिय महिला लिग फुटबलको उपाधी नेपाल पुलिसले जितेको छ । ललितपुरको एन्फा कम्प्लेक्समा आज भएको निर्णायक खेलमा पुलिसले पूर्वाञ्चल विकास क्षेत्रलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो र दोस्रो संस्करणपनि पुलिसलेनै कव्जा गरेको थियो । प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफको पनि समान ६ अंक भएपनि पुलिस हेडटु हेडका आधारमा उपाधी जित्न सफल भएको हो ।  आजको खेलमा निरु थापा छैटौ मिनेटमै गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन ।

तर पूर्वाञ्चलले ७० औ मिनेटमा एक गोल गर्दै खेल बराबरीमा पुर्याइन । तर ८४ औँ मिनेटमा पूर्वाञ्चलकी बिमला शेर्पाले डि बक्स भित्र फल गरेपछि पुलिसलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी पनि निरुले गोलमा परिणत गर्दै उपाधीमाथि पुलिसलाई ह्याट्रिक गराउन सफल भएकी थिइन । उपाधिसँगै पुलिसले २ लाख रुपैयाँ हात र्पायो भने दोस्रो भएको आर्मीले एक लाख पाएको छ । प्रतियोगितामा ३ बिभागीय र पाँच विकास क्षेत्र गरी ८ टीम सहभागिता थियो ।