मनबहादुर थापालाई याकरुको उपाधी

Posted on: May 03, 2016 | views: 180

काठमाडौं बैशाख १९ ।  याकरु अन्नपुर्ण च्यालेन्स माउन्टेन वाइक रेसको उपाधी मनबहादुर थापा मगरले जिेतका छन् । उनले पाँच चरणको सो रेसमा समग्र च्याम्पियन बन्दै ब्राजिलमा अक्टोबरको मध्यमा हुने ब्राजिल रेसमा सहभागीता हुने निश्चित गरेका छन् । याकरु विजेताले ब्राजिल रेसमा सिधै इन्ट्री पाउने छ ।
कठिन माउन्टेन वाईक रेसमध्ये एक याकरुमा दोस्रो संस्करणका विजेता बुद्धिबहादुरले तामाङ पाँच चरणको सो रेस पुरा गर्नका लागि १३ घन्टा ६ मिनेट १ सेकेन्डको टाइमिङ लिएका थिए । नुवाकोटको बेसीशहरदेखि मनाङको कागबेनीसम्मको पाँच स्टेजको रेसमा थापामगरलाई साविक विजेता तामाङले कडा टक्कर दिएको भए पनि उनले दोस्रो पटक याकरुको उपाधी चुम्न सकेनन् ।
उनले सो रेस १३ घन्टा ६ मिनेट ५३ सेकेन्डमा पुरा गरेका थिए । करिब एक मिनेट पछि पर्दा उनी दोस्रो सिमित भए ।
तेस्रो स्थानमा आएका राजेन्द्र तेम्जोङले १५ घन्टा ३९ मिनेट ४ सेकेन्डमा रेस पुरा गरे । हिमाल टमाटाले १६ घन्टा ३१ मिनेट ५७ सेकेन्डमा रेस पुरा गरेर चौथो स्थानमा चित्त बुझाए । त्यसैगरि चिनका याङ दाहाइले २१ घन्टा १५ मिनेट २९ सेकेन्डमा पाँच स्टेज पुरा गर्दै विदेशीखेलाडीमा पहिलो स्थान हासिल गरे । त्यसपछि क्रमम नेपालमा उमेश लामा, कान्छा घले, जर्मनीका स्टेफेन रहे ।
पाँचौं चरणको थोरङ फेसीदेखि कागवेनीसम्मको २८ किलोमिटरको रेस बुद्धिबहादुर तामाङले २ घन्टा ४३ मिनेट ३६ सेकेन्डमा  पुरा गर्दै पहिलो स्थान हासिल गरे  । मनबहादुर थापा मगर दोस्रो स्थानमा रहेका थिए । ५ हजार ४ सय १६ मिटरको उचाईमा भएको सो रेस याकरुकै कठिन चरण हो ।