लिसेस्टर सिटी बराबरीमा रोकियो,आजै च्याम्पियन बन्ने सपना अधुरै

Posted on: May 03, 2016 | views: 186

एजेन्सी,बैशाख १९ । इंग्लिस प्रिमियर लिग फुटबलमा आजै च्याम्पियन बन्न लिसेस्टर सिटीको सपना अधुरै भएको छ ।   आइतबार भएको खेलमा म्यानचेष्टर युनाइटेडसँग १–१ को बराबरीमा रोकिएपछि लिसेस्टरले उपाधिका लागि पर्खनु परेको हो ।  अब च्याम्पियन बन्न लिसेस्टरलाई २ अंक चाहिएको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडले आठौं मिनेटमा नै मार्टिअलको गोलबाट अग्रता लिएको थियो ।

तर, १७ औं मिनेटमा लिसेस्टरका मार्गनले बराबरी गोल फर्काए । खेलमा थप गोल हुन सकेन । तर दोश्रो स्थानको टोटेनहामले अब खेल्ने ३ मध्ये कुनै एक खेल मात्र हारेमा वा बराबरी गरेमा लिसेस्टरले खेल्न बाँकी दुवै खेल हारेपनि उपाधि जित्ने छ । सोमबार चेल्सीसँग खेल्ने टोटेनहामले साउथ ह्याम्पटन र न्युक्यासलसँग खेल्न बाँकी छ । लिसेस्टरले भने अब एभर्टन र चेल्सीसँग खेल्न बाँकी छ ।