आइपिएल क्रिकेट: दिल्ली डेयरडेभिल्स र सनराइजर्स हैदाराबाद विजयी

Posted on: May 03, 2016 | views: 158

एजेन्सी,बैशाख १९ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १५ रनले पराजित गरेको छ। गए राति राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदान हैदरवादमा भएको खेलमा हैदरावादले बैंग्लोरलाई १५ रनले पराजित गरेको हो। 

हैदरावादले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको रोयल च्यालेन्जर्स बैंग्लोर २० ओभर खेल्दै ६ विकेट गुमाएर १७९ रनमा समेटियो। उसका लागि लोकेश रावलले सर्वाधिक ५१ रन बनाए। यस्तै एबी डी भिलियर्सले ४७, सचिव बेबीले २७, केदार जाधबले नटआउट २५ तथा कप्तान विराट कोहोलीले १४ रन जोडेका थिए। 

हैदरावादका लागि आशिष नेहरा, भुवनेश्वर कुमार,मुस्ताफिजुर रहमान, बारिन्डर स्रान र मोइसिसले समान १–१ विकेट लिए।  यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको हैदरावादले पुरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो। उसका लागि डेभिट वार्नरले सर्वाधिक ९२ रन जोडेका थिए। यस्तै केन विलियमसनले ५०, मोएसिस हेन्रिक्युजले ३१ तथा शिखर धवनले ११ रन जोडेका थिए।  

बैंग्लोरका केन रिचार्डसनले २ विकेट लिए भने सेन वाट्सन र साम्सीले १–१ विकेट लिए। ७ खेलबाट ८ अंक जोडेको हैदराबाद ८ अंकका साथ लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ भने ६ खेलबाट ४ अंक जोडेको बैंग्लोर सातौ स्थानमा छ।

शनिबार भएका खेलमा दिल्ली डेयरडेभिल्स र सनराइजर्स हैदाराबाद विजयी भएका छन् । दिल्ली डेयरडेभिल्सले कोलकत्ता नाइट राइडरलाई २७ रनले हरायो । दिल्लीले ८ विकेट गुमाउँदै पुरै २० ओभर खेलेर १ सय ८६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको कोलकत्ताले १८ आभर ३ बलमा अलआउट हुँदै जम्मा १ सय ५९ रन मात्र बनायो ।