ला लिगा रोमाञ्चक:  उपाधि होड रहेका तीन वटै क्लब विजयी

Posted on: May 03, 2016 | views: 194

एजेन्सी,बैशाख १९ । स्पेनिस ला लिगाको उपाधि होड निकै रोमान्चक चरणमा छ । शनिबार राति एकै दिन उपाधि होडमा रहेका बार्सिलोना, रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडले आआफ्नो खेल खेल जितेका छन् ।
लिग लिडर बार्सिलोनाले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित  गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । रियल म्याड्रिडले रियल सोसिडाडलाई १–० ले हरायो । 

एथ्लेटिको म्याड्रिडले रायो भालकानोलाई १–० ले नै हरायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गरेको थियो। खेलको ५० औँ मिनेटमा राकेटिकले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। यस्तै खेलको ८१ औँ मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनालाई २–० ले विजयी भयो।  लिगमा अब तीन वटै क्लबले समान २-२ खेल्न बाँकी छ  । 

जितपछि बार्सिलोनाको ३६ खेलबाट ८५ अंकका साथ शीर्ष स्थानमा कायमै छ। समान खेलबाट ८५ अंक जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने ८४ अंक रहेको रियल मड्रिड तेस्रो स्थानमा छ।