१९ बैशाख, काठमाडौं ।
१२ औँ दक्षिण एशियाली खेलकुदमा एक्लै ४ वटा पदक जितेर ईतिहास रच्न सफल नेपाली राष्ट्रिय पौडी खेलाडी गौरीका सींहले आईरिस ओपन स्वीमिङ्ग प्रतियोगिताको एक सय मिटर फ्रिस्टाईलमा नँया राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् ।
आयरल्याण्डको डब्लिनमा शुक्रबार भएको स्पर्धामा गौरीका सींहले सोफिया साहाको नाममा रहेको १ मिनेट ०२.१ सेकेन्डको किर्तिमानलाई तोड्न सफल भएकी थिईन् ।
गौरीकाले १ मिनेट १.७८ सेकेन्डमा दुरी पुरा गर्दै नँया किर्तिमन बनाएकी थिईन् ।
गौरीकाले शनिबार भएको २ सय मिटर ब्याक स्ट्रोकमा ४६ जनामा १२ औँ स्थानमा आउन सफल भईन् ।
उनले निर्धारीत दुई २ मिनेट २७।७५ सेकेण्डमा पुरा गरेकी थिईन् ।