इंग्ल्याण्डविरुद्वको श्रृङखला दक्षिण अफ्रिकाद्वारा क्लिन स्वीप

Posted on: May 02, 2016 | views: 207

एजेन्सी,फागुन १० ।  इंग्ल्याण्डसँगको दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेटको श्रृङखला दक्षिण अफ्रिकाले क्लिन स्वीप गरेको छ । आइतबार बेलुका भएको दोस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टीमा घरेलु टोली दक्षिण अफ्रिकाले भ्रमण टोली इंग्ल्याण्डलाई ९ विकेटले हराउँदै श्रृङखला क्लिन स्वीप गरेको हो ।  । जोहनसबर्गमा एक सय ७२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १४ दशमलव ४ ओभरमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो । उसका लागि एबी डि भिल्लियर्सले २९ बलमा ६ छक्का र ६ छक्काको मद्दतमा ७१ रन बनाए । यस्तै ३८ बलमा ६९ रन बनाएका हासिम अमला र २१ बलमा २२ रन बनाएका फाप डु प्लेसिस अभिजित रहे । 

इंग्ल्याण्डका अडिल रसिदले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय ७१ रन बनायो । उसका लागि जोस बट्लरले ५४, इओन मोर्गनले ३८ तथा जाए रुटले ३४ रन बनाए । दक्षिण अफ्रिकाका कायल एबोटले तीन तथा कागिसो राबाडा र क्रिस मोरिसले समान दुई दुई विकेट लिए । पहिलो ट्वेन्टी–ट्वेन्टीमा दक्षिण अफ्रिका तीन विकेटले विजयी भएको थियो ।