म्यानचेस्टर सिटीविरुद्व गोलको वर्षा गर्दै चेल्सी क्वाटरफाइनलमा

Posted on: May 02, 2016 | views: 249

एजेन्सी,फागुन १० ।  चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यानचेष्टर सिटीमाथि ५–१ गोल अन्तरको फराकिलो जित निकाल्दै चेल्सी एफए कपको क्वाटर फाइनल प्रवेश गरेको हो। चेल्सीका लागि ३५ औं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै सुरुवाती अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि नै सिटीका डेविड फउपालाले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ४८ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । ५३ औं मिनेटमा ग्यारी केहिल तथा ६७ औं मिनेटमा इडेन हेजाडले गोल गरेपछि चेल्सीको अग्रता ४–१ मा पुग्यो । ८९ औं मिनेटमा बट्रेन्ड ट्राउरेले गोल गरेपछि चेल्सी ५–१ ले विजयी भयो ।   
यसैगरी गएराति नै भएका अन्य खेलमा वेष्ट ह्याम युनाइटेड ब्ल्याबर्न रोभर्सलाई ५–१ तथा र क्रिष्टल प्यालेसले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गर्दै एफए कप फुटबलको क्वाटर फाइनल प्रवेश गरेका छन्।