रोनाल्डो पेनाल्टीमा चुकेपछि रियल बराबरीमा रोकियो

Posted on: May 03, 2016 | views: 255

एजेन्सी,फागुन १० ।  क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा चुकेपछि रियल मड्रिड मालागासँग बराबरीमा रोकिएको छ। ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा मालागाले रियल मड्रिडलाई १–१ को बराबरीमा रोकेको हो । रियल मड्रिड ३३ औं मिनेटमा हेड मार्फत गोल गर्दै क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । टोनी क्रुसको फ्रिकलाई हेडमार्फत गोलमा परिणत गरेका रोनाल्डोले त्यसपछि पाएको पेनाल्टीमा भने गोल गर्न सकेनन् ।  रोनाल्डोले प्रहार गरेको पेनाल्टी मालागाका गोलकिपरले छेकेपछि रियल अग्रता दोब्बर पार्न चुकेको थियो। 
 
पहिलो हाफमा एक सून्यले अघि रहेको रियलले दोस्रो हाफमा भने गोल खान पुग्यो। खेलको ६६ औँ मिनेटमा मालागाका  राउल एल्बेन्टोजाले बराबरी गोल फर्काएका थिए।  त्यसपछि बाँकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल १–१ गोलको बराबरीमा सकियो। 

बराबरी खेलेसंगै बराबरीपछि रियल मड्रिडको २५ खेलबाट ५४ अंक भएको छ । तेस्रो स्थानको रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ९ अंकले पछि छ ।  शीर्ष स्थानमा रहेको बार्सिलोनाको समान खेलवाट ६३ अंक छ।