कोलकातालाई हराँउदै मुम्बई अंक तालिकाको तेस्रो स्थानमा उक्लियो

Posted on: May 02, 2016 | views: 252

एजेन्सी,बैशाख १७ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्स तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई तेस्रो स्थानमा उक्लिएको हो । कोलकाता नाइड राइडर्सले दिएको १७५ रनको लक्ष्य मुम्बईले १२ बल बाँकी छँदै मात्र चार विकेट गुमाएर भेट्टायो । मुम्बईका लागि कप्तान रोहित शर्मा ६८ र पोलार्डले ५१ रनमा नटआउट रहे। यस्तै रायडुले ३२ र जोस बट्लरले १५ रनको योगदान दिएका थिए। कोलकाताका लागि उमेश यादव र शकिब अल हसनले समान एकरएक तथा सुनिल नारिनेले दुई विकेट लिए ।
 
यसअघि टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो। कोलकाताका कप्तान गौतम गम्भीरले सर्वाधिक ५९ रन बनाए । यस्तै रोबिन उथप्पाले ३६, आन्द्रे रसेल २२, सूर्यकुमार यादव २१ रन बनाएका थिए। यस्तै क्रिस ल्यान १० र युसुफ पठान १९ रनमा नटआउट रहे।  जारी लिगमा ६ खेलमा ४ मा जित र २ मा हार व्यहोर्दै कोलकाता अंक तालिकाको दोस्रो स्थानमा छ । मुम्बई भने ८ खेलमा ४ मा जित निकाल्दै तालिकाको तेस्रो स्थानमा छ ।