युरोपा लिग:भिल्लारियलसँग लिभरपुल पराजित

Posted on: May 02, 2016 | views: 127

एजेन्सी,बैशाख १७ । युरोपियन लिग अन्तर्गत पहिलो सेमिफाइनल लिगको खेलमा लिभरपुल पराजित भएको छ ।  बिहीबार राति भएको सेमिफाइनलको पहिलो लेगमा भिल्लारियलसँग लिभरपुल १-० गोल अन्तरले पराजित भएको हो ।  भिल्लरियाललेलाई रोमाञ्चक जित दिलाउन खेलको अतिरिक्त समयमा एड्रियनले गोल गरे ।  

डेनिस सुरेजले दिएको क्रसलाई सदुपयोग गर्दै एड्रियनले ९२ औं मिनेटमा गोल गरेका हुन् । यो जितसँगै भिल्लरियाललाई दोस्रो चरणमा पुग्न थप सहयोग पुगेको छ । हारसँगै अर्को चरण पुग्ने लिभरपुलको सम्भावना कम भएको छ । दोस्रो लेग अब लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुनेछ । इंग्लिस क्लब लिभरपुलले २००७ मा च्याम्पियन्स लिगको फाइनल खेलेयता युरोपियन फाइनल खेलेको छैन ।