आइपिएल क्रिकेट: गुजरात लाइन्सको रोमाञ्चक जित

Posted on: May 03, 2016 | views: 237

एजेन्सी,बैशाख १६ ।  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गुजरात लाइन्सले रोमाञ्चक जित हात पारेको छ ।  गएराति भएको खेलमा गुजरातले दिल्ली डेयरडेभिल्समाथि एक रनको रोमाञ्चक जित हात पारेको हो । दर्ता गरेको हो।  गुजरातले प्रस्तुत गरेको एक सय ७३ रनको लक्ष्य पछ्याएको दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ७१ रन  बनाएपछि गुजरातले एक रनको जित निकालेको हो । 

दिल्लीका क्रिस मोरिसले ३२ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा नटआउट ८२ तथा जेपी डुमिनीले ४३ बलमा ४८ र ऋशभ पन्तले १७ बलमा २० रन बनाएपनि एक रनको हारबाट टिमलाई जोगाउन सकेनन् । गुजरातका धवल कुलकर्णीले तीन विकेट लिए । 
 
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले ६ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो। गुजरातका लागि  लागि ब्रेन्डम उसका लागि ब्रेन्डम म्याकुलमले ३६ बलमा ६०, डवेन स्मिथले ३० बलमा ५३, जेम्स फल्कनरले १३ बलमा नटआउट २२ तथा दिनेश कार्तिकले १७ बलमा १९ रन बनाए । दिल्लीका इमरान ताहिरले तीन तथा क्रिस मोरिसले दुई विकेट लिए ।  ६ खेलबाट १० अंक जोडेको गुजरात लिग तालिकाको शीर्ष स्थानमा छ भने पाँच खेलबाट ६ अंक जोडेको दिल्ली तालिकाको तेस्रो स्थानमा छ।