च्याम्पियन्स लिग : बार्यन म्युनिख एथ्लेटिको मड्रिडसँग पराजित

Posted on: May 03, 2016 | views: 219

एजेन्सी,बैशाख १६ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एथ्लेटिको मड्रिड विजयी भएको छ । गएराति एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको पहिलो लेगमा एथ्लेटिको मड्रिडसँग बार्यन म्युनिख १–० गोल अन्तरले पराजित भएको हो। एथ्लेटिकोको जितमा ११ औं मिनेटमा सउल निग्याजले गरेको गोल नै निर्णायक बन्यो । 

दोस्रो हाफमा कुनैपक्षवाट गोल हुन सकेन् र एथ्लेटिको मड्रिड विजयी भयो ।   दोस्रो लेगमा आउँदो मंगलबार बार्यनको मैदानमा हुने छ । यो खेलको विजेताले च्याम्पियन्स लिगको उपाधिका लागि रियल मड्रिड वा म्यानचेस्टर सिटीसँग आउँदो मे २८ मा खेल्ने छ ।