२०२० टोकियो ओलम्पिकको लोगो सार्वजनिक

Posted on: May 02, 2016 | views: 272

१५ बैशाख, टोकियो ।
सन् २०२० मा जापान टोकियोमा हुने ओलम्पिक र प्यारा ओलम्पिकको लोगो सार्वजनिक गरिएको छ ।

निलो रगमा रहेको स साना रिंग लाई आयतकारमा प्रस्तुत गदै टोकियोले ओलम्पिकको लोगो निर्माण गरेको छ ।

लोगोले सहजता र सुन्दरताको सन्देश दिने ओलम्पिक लोगो सार्वजनिक अवसरमा बताइएको छ ।

लोगो निर्माण र निर्णय सात महिनाको लामो अभ्यास पछि गरिएको हो । टोकियो ओलम्पिकको लोगो आशो टोकोलो नामका जापानी डिजाइर्नरले बनाएका हुन् ।

आफ्नो डिजाईन छनौट भए पछि आशोले आफनो दिमाख खाली भएको र आफुले बनाएको डिजाइन बिजयी भएको बताए ।

लोगोमा रहेको निलो आयातकारले फरक देश र उक्त देशको संस्कृतिलाई झल्काउने बताएको छ ।
लोगोमा रहेको निलो रगंले जापानको परिष्कृत सौन्दर्यता कोमलता स्वच्छता झल्काउने व्याख्या गरिएको छ ।