म्यानचेस्टर सिटीको चेल्सीसँग लजास्पद पराजय

Posted on: April 30, 2016 | views: 267

१० फागुन, एजेन्सी ।
म्यानचेस्टर सिटीले गएराती भएको एफए कप फुटबलमा चेल्सीसँग लजास्पद हार व्यहोरेको छ ।

सिटीलाई पराजित गरेको चेल्सी भने क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई चेल्सीले ५–१ गोल अन्तरले हराएको हो ।

३५ औं मिनेटमा डिएगो कोस्टाबाट खाता खोलेको चेल्सीले खेल अवधिभर सिटीलाई दवावमा राखेको थियो ।
पहिलो गोल खाएको दुई मिनेटपछि सिटीका डेविड फउपालाले बराबरी गोल फर्काए पनि त्यो कायम रहन सकेन ।

पहिलो खेल बराबरीमा रोकिएपनि दोस्रो हाफ चेल्सीको पोल्टामा रह्यो । चर्को दवावमा राखेको चेल्सीको लागि खेलमा ४८ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यसपछि ५३ औं मिनेटमा ग्यारी केहिल तथा ६७ औं मिनेटमा इडेन हेजाडले गोल गरे भने ८९ औं मिनेटमा बट्रेन्ड ट्राउरेले थप गोल गर्दै चेल्सीलाई बिजयी बनाए ।

गएराती भएका अन्य खेलमा वेष्ट ह्याम ब्ल्याकबर्नलाई ५–१ ले टराउँदै क्वाटर फाइनलमा प्रवेश गर्यो ।

टोटनह्यामलाई १–० ले हराएको क्रिष्टल प्यालेसले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित बनाएको छ ।