युभेन्टसलाई लगातार पाँचौ पटक सिरी ए फुटबलको उपाधि

Posted on: May 03, 2016 | views: 186

एजेन्सी,बैशाख १४ । युभेन्टसले लगातार पाँचौं पटक इटालियन सिरी ए फुटबलको उपाधि हात पारेको सोमबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको नापोली रोमासँग पराजित भएपछि तीन खेल खेल्नु अगाबै युभेन्ट्सले सिरी ए फुटबलको उपाधिमाथि कब्जा जमाएको हो।  युभेन्टसले आइतबार राति भएको खेलमा फियोरेन्टिनालाई २–१ ले हराएको थियो । नापोलीले सोमबार राति भएको खेलमा रोमालाई हराउन सकेको भए उसको उपाधि दाबेदारी कायम रहन्थ्यो । तीन खेल बाँकी हुँदा युभेन्टसको ८५ तथा नापोलीको ७३ अंक छ ।