सन्डरल्याण्डसँग आर्सनल बराबरीमा रोकियो

Posted on: May 02, 2016 | views: 321

एजेन्सी,बैशाख १३ । रेलिगेशनको खतरामा रहेको सन्डरल्याण्डले आर्सनललाई बराबरीमा रोकेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनललाई गोलरहित बराबरीमा रोकेको सन्डरल्याण्ड रेलिगेशन जोनबाट माथि आएको छ । दुवै क्लबले गोल गर्ने केही सुन्दर मौका गुमाएका थिए । दुवै क्लबले पेनाल्टीको अपिल गरेपनि पाएनन् । 

सन्डरल्याण्डका गोलरक्षक भिटो म्यानोनेले आर्सनलका मेसुट ओजिलको फ्रि किकको बल गोल हुनबाट जोगाए । बराबरीपछि तेस्रो स्थानमा उक्लिने मौका आर्सनलले गुमायो । लिगका तीन खेल बाँकी हुँदा चौंथो स्थानको आसर्नलको ६४ अंक छ । म्यानचेस्टर सिटीको पनि समान ६४ अंक नै भएपनि गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । आसर्नल र म्यानचेस्टर सिटी पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा पाँच अंकले मात्रै अघि छन् । आर्सनललाई बराबरीमा रोकेको सन्डरल्याण्डको ३४ खेलबाट ३१ अंक छ । यसअघि रेलिगेशन जोनमा रहेको सन्डरल्याण्ड आइतबार रातिको खेलपछि १७ औं स्थानमा उक्लिएको छ । तर रेलिगेशन जोनमा झरेको नर्विचको पनि समान ३१ अंक नै छ ।
unn.com.np