महरेज पीएफए वर्ष खेलाडी घोषित

Posted on: May 02, 2016 | views: 244

एजेन्सी,बैशाख १३ ।  इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिसेस्टर सिटीका स्ट्राइकर रियाद महरेज वर्ष फुटबल खेलाडी घोषित भएका छन्। महरेजले टोटनह्यामका ह्यारी केन, लिसेस्टर सिटीकै जेमी भर्डी, वेष्ट ह्यामका दिमित्री पेएट, आर्सनलका मेसुट ओजिल र लिसेस्टरकै एनगोलो कानटेलाई पछि पार्दै वर्ष महरेजले प्रोफेशनल फुटबलरस एशोसिएशनले प्रदान गर्ने वर्ष खेलाडीको अवार्ड पिएफए पाएका हुन् । लण्डनमा विशेष कार्यक्रमबीच महरेजलाई वर्ष फुटबल खेलाडीको उपाधि हस्तान्तरण गरिएको हो। 

अल्जेरियाका महरेज पिएफए अवार्ड पाउने पहिलो अफ्रिकन तथा लिसेस्टरको पनि पहिलो खेलाडी बनेका छन् । महरेजले लिसेस्टर सिटीलाई यो सिजन इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुर्‍याउने क्रममा अहिलेसम्म लिगका ३४ खेलमा १७ गोल गरेका छन् भने ११ गोलका लागि सहयोग गरेका छन् ।
 
प्रोफेशनल फुटबलरस एशोसिएशन ९पीएफए०ले प्रत्येक वर्ष प्रदान गर्ने वर्ष फुटबल खेलाडी जित्ने अल्जेरियाका महरेज पहिलो अफ्रिकन खेलाडी समेत भएका छन्। लिसेस्टर सिटीबाट यो अवार्ड जित्ने महरेज पहिलो खेलाडी समेत हुन्। यसैगरी टोटनह्यामका मिडफिल्डर डेल अलीले वर्ष युवा खेलाडीको अवार्ड हात पार्न सफल भएका छन्।