स्वरेजको चार गोलले बार्सिलोना फेरि शीर्ष स्थानमा

Posted on: May 02, 2016 | views: 141

एजेन्सी,बैशाख १२ । लुइस स्वरेजले चार गोलगरेपछि बार्सिलोना फेरि ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लुइस स्वारेजको चार गोलको मद्दतमा बार्सिलोनाले १० खेलाडीमा सीमित स्पोर्टिङ डी गिजोनलाई ६–० हराउदै शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १२ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अघि रहेको बार्सिलोनाका लागि थप पाँच गोल दोस्रो हाफमा भएको हो । स्वारेजले ६३,७४,७७ र ८८  औं मिनेटमा गोल गरे । ८५ औं मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गरे । बार्सिलोना ६-० ले विजयी भयो ।  

जितपछि शीर्षस्थानको बार्सिलोनाको तीन खेल बाँकी हुँदा ८२ अंक भएको छ । एथ्लेटिको मड्रिडको पनि ८२ अंकनै छ तर गोल अन्तरका आधारमा उ दोस्रो स्थानमा छ । शनिबार राति भएको खेलमा रायो भालेकानोलाई ३–२ ले हराएको रियल मड्रिड ८१ अंकसहित तेस्रो स्थानमा छ ।