'भ्रष्ट' टिके सांसद गणेश थापाको प्रतिवन्ध फुकुवा विन्तिपत्र फिफाले स्विकारेन

Posted on: May 02, 2016 | views: 287

दशौंलाख भ्रष्टाचार गरेका गणेश थापाको विन्तिपत्र पिmफाले लत्याक्ष्दियो

१२ बैशाख, काठमाडौं ।
फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले आफु बिरुद्धको प्रतिबन्ध र जरीवाना फुकुवा गर्न गरेको अपिललाई खारेज गरेको छ ।

विभिन्न समयमा भ्रष्टाचार गरेको प्रमाणित भएको भन्दै फिफाले गणेश थापालाई १० वर्षका लागि सबै फुटबलका गतिविधिबाट प्रतिबन्ध लगाउनुका साथै करिब २१ लाख रुपैँया जरीवाना समेत गरेको थियो ।

त्यस लगत्तै थापाले निर्णय पुनरावलोकन गर्न माग गर्दै फिफा अपिल कमिटि समक्ष निवेदन दर्ता गराएका थिए ।

थापा माथि सन् २०१५ को अप्रिल १६ तारिख देखि लागु हुने गरी लगाईएको प्रतिबन्ध र जरीवानको निर्णय यथावत रहेको फिफा अपिल कमिटिले जनाएको छ ।

तर दुखको कुरा अन्र्तराष्टिय संस्थाले अनियमीतता अर्थात भ्रष्टाचार गरेको ठहर गरेका तिनै गणेश थापा अहिले नेपालको संसदमा संसद बनेर बसिरहेका छन् ।

रोचक कुरा त के भने गणेश थापाका सहोदर दाजु कमल थापा अहिले सरकारमा उपप्रधानमन्त्री समेत रहेका छन् ।

गणेश थापा आफ्नै दाजु पार्टी अध्यक्ष रहेको राप्रपा नेपालबाट मनोनितमा टिके सांसद बनेका हुन् ।