मनकामना केवलकार पोखरा कप: आर्मी कि मनाङ,कसले मार्ला बाजी ?

Posted on: May 02, 2016 | views: 192

पोखरा, बैशाख ११ । पोखरामा जारी पाँचौ मनकामना केवलकार पोखरा कप आमन्त्रण अन्तर्राष्ट्रिय फुटबलको उपाधि भिडन्त आज हुदैछ । उपाधिका लागि त्रिभुवन आर्मी र लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब भिडन्दैछन् । खेल दिउँसो पोखरामा रंगशालामा हुदैछ । आर्मी धरान फुटवल क्लव लाई हराउदै फाईनलमा पुगेको हो भने मनाङ एपीएफलाई हराएर फाइनलमा पुगेको हो ।

आर्मी र मनाङ पछिल्लो ३ महिनामा दोश्रो पटक पोखरामा उपाधिका लागि भिड्न लागेका हुन् । यसअघि माघमा आहा १ रारा गोल्डकपको उपाधिका लागि दुई टोली आमनेसामने भएका थिए, जसमा मनाङले १-० को जित निकालेको थियो ।  प्रतियोगिताको बिजेतालाई ट्रफी सहित विजेताले ५ लाख ५ हजार ५५५, उपविजेताले २ लाख ५५ हजार ५५५ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइनेछ । उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्सर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।