रियल मड्रिड उपाधि होडमा फर्कियो, बार्सिलोना दवाबमा

Posted on: May 02, 2016 | views: 314

एजेन्सी,बैशाख ९ ।  रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा फर्किएको छ । गएराति आफ्नै घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा भिल्लारियललाई ३–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिड उपाधि होडमा फर्किएको हो ।  रियलको जितसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको बार्सिलोनाको ला लिगा उपाधि होड कठिन बन्दै गएको छ । 
 
जितपछि ३४ खेलबाट ७८ अंक जोडेको रियल मड्रिड लिगको तेस्रो स्थानमा छ र लिग लिडर बार्सिलोना र दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा एक अंकले मात्रै पछि छ।