सिटी न्युक्यासलसँग बराबरीमा रोकियो,अग्युरोको कीर्तिमान

Posted on: May 02, 2016 | views: 140

एजेन्सी,बैशाख ८ । रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको न्युक्यासलले म्यानचेस्टर सिटीलाई बराबरीमा रोकेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी न्युक्यासल युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको हो। 

सिटीले १४ औं मिनेटमा सर्जियो अग्युरोले गोलवाट अग्रता लिएको थियो ।  तर ३१ औं मिनेटमा भर्नोन अनिताले न्युक्यासलका लागि बराबरी गोल फर्काए ।  बराबरीमा रोकिएसँगै म्याचेस्टर सिटी ३४ खेलबाट ६१ अंकका साथ तेस्रो स्थानमा यथावत छ। शीर्ष स्थानमा रहेको लिसेस्टर सिटीको ७३ अंक छ भने एक खेल कम खेलेको आर्सनलको ६० अंक छ। 

त्यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोले प्रिमियर लिगमा  किर्तीमानी बनाएका छन् ।  लिग अन्तर्गत मंगलबार राति न्युक्यासलसँगको खेलमा १४ औं मिनेटमा गोल गर्दै अर्जेन्टाइनी अग्युरोले एक सय गोल पूरा गरेसँर्गै उनको नाममा किर्तिमानी रेकर्ड रहेको हो । 

उनले प्रिमियर लिगका एक सय ४७ खेलमा सय गोल गरेका हुन् । अग्युरो प्रिमियर लिगमा सबै भन्दा छिटो सय गोल गर्नेमा दोस्रो नम्बरमा छन् । उनी भन्दा अघि एलन शिएरा छन्, शिएराले लिगका एक सय २४ खेलमा सय गोल गरेका थिए ।