ईङ्गल्याण्डमा हुने विश्वकप क्रिकेट खेल्ने नेपालको संभावना यस्तो छ

Posted on: May 01, 2016 | views: 578

८ बैशाख, काठमाडौं ।

नेपालले सन् २०१९ मा ईङ्गल्याण्डमा हुने एक दिवशिय क्रिकेट विश्व कपको छनोट चरणमा स्थान बनाउने सम्भावनसालाई बलियो बनाएको छ ।

आई सी सी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नामेबियालाई दुवै खेलमा पराजित गर्दै नेपाल ८ एसोसियट राष्ट्रको समूहमा अन्तिमबाट पाँचौ स्थानमा उक्लंदै विश्व कप को सम्भावनालाई बलियो बनाएको हो ।

८ एसोसियट राष्ट्र मध्ये ४ राष्ट्रले विश्व कपको छनोट चरणमा प्रवेश पाउने छन् । आई सी सी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपाल स्कटल्याण्ड र पपुवा न्यू गिनी संग यस अघि भएका ४ खेलमा पराजित हुँदा अङ्क बिहिन थियो ।

अब नेपालको अर्को खेल आगामी अगस्टमा नेदरल्याण्ड संग हुने छ । नेदरल्याण्ड ८ एसोसियट राष्ट्रमा १० अङ्कका साथ शिर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानमा रहेको हङकङको ९, तेस्रोमा रहेको स्कटल्याण्डको ७ र चौथो स्थानमा रहेको केन्याको ६ अङ्क रहेको छ । छैठौँ स्थानमा रहेको पपुवा न्यू गिनीको नेपाल समान पाँच अङ्क रहेपनि नेट रन रेटका आधारमा नेपाल एक स्थान माथि रहन गएको हो ।

तर नेपाल भन्दा पपुवा न्यू गिनीले एक खेल कम खेलेको हुँदा नेपालले अब हुने खेलहरुमा जित हात पर्नै पर्ने बाध्यता भने रहेको छ । एसोसियट राष्ट्र मध्ये नामिबिया सातौँ र संयुक्ता अरब ईमिरेट्स् यु ए ई आठौँ स्थानमा रहेका छन् ।

८ एसोसियट राष्ट्रले होम एण्ड अवेको आधारमा सबै राष्ट्र संग दुई दुई खेल खेल्ने छन् । त्यस पछि अङ्कको आधारमा यी मध्ये ४ उत्कृष्ठ राष्ट्रले विश्व कप २०१९ को छनोट चरण स्थान बनाउन सफल हुनेछन् ।

एउटा राष्ट्रले जम्मा १४ खेल खेल्ने हुँदा अब नेपालले बाँकी ४ राष्ट्र संग ८ खेल खेल्न बाँकी छ ।

कठिन लक्ष्य, पराजयको सम्मुख पुगेर नेपालको रोमाञ्चक जित