कठिन लक्ष्य, पराजयको सम्मुख पुगेर नेपालको रोमाञ्चक जित

Posted on: May 02, 2016 | views: 311

७ बैशाख, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्को शतक संगै नेपाल आई सी सी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नामिबिया संगको दोस्रो खेलमा पनि विजयी हुन सफल भएको छ ।

नेपालको जितमा कप्तान पारस संगै निकै लामो समय साझेदारी गरेका शरद भेषवाकरको अविजित ७४ रनले नेपाललाई विजय लक्ष्ये सम्म पु¥याएको थियो ।
नेपालले नेमिबियाद्वारा प्रस्तुत २ सय ४० रनको विजयी लक्ष्ये ४९.५ ओभरमा ७ विकेटको क्षेतमा भेट्टायो ।

पहिलो खेल ५ विकेटले जितेको नेपालले दोस्रो खेल ३ विकेटले जित्यो ।
शुरुमा निकै विस्तारै रन जोड्दै २ विकेट गुमाईसकेको नेपालले १३ औँ ओभरमा कप्तान पारस खड्का आए पछि रन जोड्ने क्रम बढाएको थियो ।

१३ औँ ओभर सम्म नेपालले ४७ रन मात्र बनाउन सकेको थियो ।
क्याप्टेन पारस र शरद भेषवाकरको जोडीले १२ औँ ओभर सम्म असम्भव जास्तो देखिएको विजय लक्ष्यलाई शुनिस्चित गर्न सफल भयो ।

चौथो नम्बरमा आएका कनप्तान पारस खड्काले ७ छक्का र ५ चौका प्रहार गर्दै ९४ बलमा १ सय ३ रन बनाएर नेपाललाई जित प्रदान गर्न निकै मद्दत्त पुर्याएका थिए ।
तेस्रो नम्बरमा आएका शरद भेषवाकरले अविजित रहँदै १ सय ७ बलमा ५ चौकाका साथ ७४ रनको योगदान गर्दै अर्धशतक पुरा गरेका थिए ।

कप्तान पारश खड्का आउट भए पछि लगातार ४ विकेट खर्चदाँ नेपालका लागि खेल निकै निराश मोडमा पग्यो ।
तर अन्तिम ओभरमा आएका बसन्त रेग्मीले निकै सुजबुझका साथ खेल्दै जितको आश जागाए ।
अन्तिम ओभरको ६ बलमा ६ रन चाँहिदा खेल निकै रामान्चक मोडमा पुग्यो ।

तर शरद भेषवाकरले ४९।५ ओभरमा १ रन चाहिँदा चौका प्रहार गर्दै नपाललाई जित दिलाएपछि कीर्तिपुर मैदानमा उपस्थित दर्शकहरुको उत्साह सम्हालि नसक्नु थियो ।
पहिलो ब्याटिङ्ग गरेको नामिबियाले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षेतिमा २ सय ३९ रन बनाएको थियो ।

नामिबियाका दुई ओपनिङ्ग ब्याट्स् म्यानहरुले ९० रन कटाउँदै राम्रो प्रदर्शन गरे पनि नामिबियाले त्यस पछि लगातार थोरै रनमा ५ विकेट गुमाउन पुग्यो ।
छैठौँ नम्बर पछि आएका ब्याट्स् म्यानहरुले निकै सम्हालिएर खेल्दै राम्रो स्कोर बनाउन सफल भएका थिए ।

नेपालका बलर शक्ति गौचन, बसन्त रेग्मी र सन्दिप लामिछानेले समान २-२ विकेट लिएका थिए ।
आई सी सी विश्व क्रिकेट लिग च्याम्पियनशिपका अघिल्ला ४ खेलमा लगातार हार व्यहोरेको नेपालले चौथो र पाँचौ खेलमा भने सफलता हात पार्न सफल भयो ।

विश्वकप छनोट खेल्ने नेपालको आशा जिवितै,नामिविया ३ विकेटले पराजित

नामिबियाली क्रिकेट प्रमुखले भने-'नेपाललाई पाठ पढाइदिन्छौं' (विस्तृतमा पढ्नुहोस्)