विश्वकप छनोट खेल्ने नेपालको आशा जिवितै,नामिविया ३ विकेटले पराजित

Posted on: May 02, 2016 | views: 326

काठमाडौं,बैशाख ६ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नेपालले दोस्रो खेलमा नामिवियालाई ३ विकेटले पराजित गरेको छ। शनिबार भएको पहिलो खेलमा नामिबियालाई पाँच विकेटले पराजित गरेको नेपालले सोमबारको खेलमा नामिबियामाथि तीन विकेटको प्रष्ट जित निकालेको हो । नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले खेल सकिन एक बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक १०३ रनको योगदान दिए। पारसले ९४ बलमा ७ छक्का र ५ चौका प्रहार गर्दै सतक पूरा गरे।

यस्तै शरद भेष्वाकर ७८ रनमा नटआउट रहे। उपकप्तान ज्ञानेन्द्र मल्लाले २२ रन जोडे भने विनोद भण्डारीले १२ रन जोडे। उनले १३ बलमा २ चौका प्रहार गरे। यस्तै नरेश बुढाएर ६ र राजेश पुलामी मगरले १ रन जोडेका थिए। यस्तैसागर पुन भने २ रनमै पभिलियन फर्केका थिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै नेपालसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गर्यो । 

नामिबियाका लागि स्टेफलले ५१, पिकिया फ्रान्सले ४, जेन ग्रिनले ४७, गेरहार्ड इरासमुस ३, गेरी स्निम्यान शून्य, लोहन लोरेन्स १०, निकोलस ७ र जेपी कोत्जे ३२, जेजे स्मित १४ रन बनाएर आउट भए। सुरेल बर्गरले अविजित ४३ रन बनाए।
नेपालका लागि बसन्त रेग्मी, शक्ति गौचन र सन्दीप लामिछानले समान दुई विकेट लिए।