बार्सिलोना फेरि पराजित, उपाधि भिडन्त रोमाञ्चक 

Posted on: May 02, 2016 | views: 164

एजेन्सी,बैशाख ६ । स्पेनिस ला लिगामा बार्सिलोना फेरि पराजितसँगै उपाधिहोड रोमाञ्चक बनेको छ ।  गएराति भएको खेलमा भ्यालेन्सियासँग आफ्नै घरेलु मैदान नाउ क्याम्पमा बार्सिलोना २–१ गोल अन्तरले पराजित भएको हो।
 ला लिगामा बार्सिलोनाको यो लगातार तेस्रो हार हो । २६ औं मिनेटमा रेकिटिकले आत्मघाती गोल गरेपछि भ्यालेन्सियाले सुरुवाती अग्रता लियो । पहिलो हाफको अन्तिममा मिना लोरेन्जोले गोल गरेपछि पहिलो हाफमा भ्यालेन्सियाले २–० को अग्रता लियो । ६३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेनन् । 
यो हार सँगै बार्सिलोनाको ३३ खेलबाट ७६ का साथ शीर्ष स्थानमा यथावतै छ भने समान खेलबाट ७६ अंकनै जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ७५ अंक छ।