आईपीएल गुमाउदै श्रीलंका फर्किए मालिंगा

Posted on: May 02, 2016 | views: 334

एजेन्सी,बैशाख ५ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल खेल्न आएका श्रीलंकन फास्ट बलर लासिथ मालिंगा घर फर्किएका छन् । मुम्बईको मेडिकल टिमले उन अझै चार महिला खेल्न नसक्ने बताएपछि उनी श्रीलंका फर्किएका हुन् । उनले मुम्बई इण्डियनबाट आईपीएल खेल्दै आएका थिए । तर, घुँडामा लागेको चोटका कारण उनले यो सिजनको आईपीएल गुमाएका हुन् । मालिंगा गत नोभेम्बरमा श्रीलंकाको वेष्टइण्डिज भ्रमणका क्रममा घाइते भएका थिए ।