प्राइम स्कूलद्धारा राष्ट्रिय महिला बास्केटबल टिम सम्मानित

Posted on: May 02, 2016 | views: 204

काठमाडौं,बैशाख ५ । नेपाली राष्ट्रिय महिला बास्केटबल टिमलाई  प्राइम स्कूलले  पुरस्कृत गरेको छ ।  प्रथम साउथ एशियन महिला बास्केटबल च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गरेको महिला बास्केटबल टिमलाई प्राइम स्कूलले  १ लाख नगद सहित सम्मान गरेको हो । नेपाल बास्केटबल संघले आयोजना गरेको प्रथम साउथ एशियन महिला बास्केटबल च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गदै नेपाली टिम फाईनलमा श्रीलंकासग पराजित भएको थियो ।  

नया बजार स्थित प्राइम कलेजमा प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र बिशेष अतिथि राखेप उपाध्यक्ष,नेपाल ओलम्पिक कमिटिका महासचिव एवंम् नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले नेपाली राष्ट्रिय टिमलाई शनिवार सम्मान गरेका थिए । सो अवसरमा प्राईम कलेजका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ,प्राइम ग्लोबल स्कूलका अध्यक्ष किरण श्रेष्ठलगायतको उपास्थिति रहेको थियो ।