'इन्टरनेशनल रेस्लिङको उपाधि नुवाकोटे टाइगर र कामी काजीलाई'

Posted on: May 02, 2016 | views: 216

काठमाडौं,बैशाख ४ । नेपालमा पहिलो पटक भएको अन्तर्राष्ट्रियस्तरको रिङ रेस्लिङ प्रतियोगिता उपाधी जापानी खेलाडी कामी काजी र नेपालका नुवाकोटे टाइगर विजयी भएका छन् । कुल १३ देशका २१ खेलाडी विभिन्न टिममा समावेश भई खेलेका थिए। दशरथ रंगशाला त्रिपुरेश्वरमा भएको उक्त खेलको उद्घाटन शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।  प्रतियोगितामा हङकङका बिटम्यान, अमेरिकाका बुफा, ताइवानका दीतानी, चीनका चेन जियाङ, न्यूजील्यान्डका जेम्स राइदीम, जापानका कामिकाजे, बेलायतका सिनगुइनेस र सिंगापुरका दी युरासियन ड्रागनले सहभागिता जनाउने निश्चित भइसकेको छ । नेपालबाट प्रतियोगितामा मिस्टर कोजु, कोब्रा र नुवाकोटे टाइगरले सहभागिता भएका थिए ।