विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको पहिलो जित,विश्वकप छनौट खेल्ने सम्भावना कायमै

Posted on: May 03, 2016 | views: 227

काठमाडौं,बैशाख ४ । आइसीसी विश्व लिग च्याम्पियनसीप लिगमा नेपालले पहिलो जित दर्ता गरेको छ ।  घरेलु मैदानमा नेपालले नामिबियालाई ५ विकेटले हराउदै पहिलो जित निकालेको हो । नेपालको जितका लागि शरद भेसवाकर र बिनोद भण्डारीले महत्वपूर्ण ११३ रनको साझेदारी गरे । ९९ बल खेलेका शरदले ५० रन पूरा गरेका छन्। यस्तै भण्डारीले ४९ बलमा ४० रन बनाए। दुबै अभिजित रहे।

नामिबियाले प्रस्तुत गरेको एक सय ९६ रनको लक्ष नेपालले  ४७ दशमलव १ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि शरद भेषवाकरले ९९ बलमा नटआउट ५०  तथा विनोद भण्डारीले ४९ बलमा नटआउट  ४० रन बनाए । यस्तै कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले समान २१, नरेश बुढाएरले १६, राजेश पुलामीले ९, राजु रिजालले ६ रन बनाए । नामिबियाका सारेल बर्गर र गेरी साइमनले समान दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ९५ रन बनायो । उसका लागि सारेल बर्गर ३८, पिम्की या फ्रान्सले २६, गेरहार्ड इरासमसले २५, गेरी स्नाइमनले २३ तथा कप्तान स्टीफन बार्ड र निकोलाश स्चोल्टज्ले समान १८ रन बनाए । जेन ग्रिनले १४ रन बनाए ।