नेपाल र नामिबिया भिड्दै,नेपाललाई जित्नै पर्ने दबाब

Posted on: May 02, 2016 | views: 181

काठमाडौं, वैशाख ४ । विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नेपाल र नामिबियालाई हराउनै पर्ने दवाबमा मैदान उत्रने छ । यसअघिको खेलमा जित निकाल्न नसकेको नेपाललाई आज जित्नै पर्ने दवाब छ । खेल त्रिवि मैदान कीर्तिपुरमा खेल बिहान साढे ९ बजे सुुरु हुनेछ । प्रतियोगितामा नेपालले यसअघिका चारै खेल हारेको छ ।  ८ टोली सहभागी प्रतियोगिताको शीर्ष चारमा पर्ने टोलीले विश्वकपको छनौट खेल्न पाउने भएकाले नेपालले यो सम्भावना कायमै राख्न शनिबारको खेल जित्न आवश्यक छ ।

नेपाली टोलीमा

पारस खड्का, ज्ञानेन्द्र मल्ल, सागर पुन, राजु रिजाल, नरेश बुढाएर, शरद भेषवाकर, विनोद भण्डारी, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, सन्दिप लामिछाने, करण केशी, सुशन भारी र राजेश पुलामी ।
नामिबियाको टोलीमा

स्टीफन बार्ड, सारेल बर्गर, क्रिस्टोफर कुम्ब, गेरहार्ड इरासमस, जेन ग्रिन, जिभागो ग्रोनवाल्ड, जेपी कोटेज, लोहान लवरेन्स, तान्जिनी लुन्गामिनी, बर्नार्ड स्चोल्टज्, निकोलाश स्चोल्टज्, जेजे स्मिथ, जेरी स्नाइमन र पिक्की या फ्रान्स । रहेका छन् । नेपाल र नामिबिया यसअघि

अहिलेसम्म नेपालले नामिबियासँग तीन पटक एक दिवसीय क्रिकेट खेलेको छ । नेपालले १५ महिना अघि डिभिजन दुईमा नामिबियासँग खेलेको थियो । आइसिसीले मान्यता दिएको यो खेलमा नेपाल नीत विकेटले विजयी भएको थियो । त्यसअघि आइसिसीले मान्यता नदिएको दुई अभ्यास खेलमा नेपालले नामिबियालाई बराबरीमा रोकेको थियो ।