नामिबियालाई झड्का,टिममा भरपर्दा स्पिनर बेर्नाड नेपालविरुद्व नखेल्ने

Posted on: May 01, 2016 | views: 240

काठमाडौं,बैशाख ३ । नेपालविरुद्ध शनिबार हुने खेलमा नामिबियालाई झड्का लागेको छ ।  आफ्नो टोलीका भरपर्दा स्पिनर बेर्नाड स्कोल्च खेल्न नसक्ने भएसँगै नेपाललाई फाईदा हुने भएको छ भने नामिबियालाई झड्का लागेको छ । २६ वर्षका स्कोल्चले टी-२० विश्वकप छनोटमा पपुवा न्यूगिनीविरुद्ध ४९ रनको जित दिलाउने क्रममा एकै ओभरमा थ्रिलर विकेट मेडन खेलेका थिए ।

त्यसअघि २०१३ मा आई कपमा नेदरल्याण्डविरुद्ध जित दिलाउने क्रममा दोस्रो पारीमा ५ विकेट लिएका थिए । निकोलसका भाइ समेत रहेका बेर्नाड नामिबिया टिममा भरपर्दा बलर हुन् । उनले फस्ट क्लास क्रिकेटमा १७६ विकेट लिएका छन् । लिस्ट ए मा ६२ र टी-२० मा उनले ६० विकेट लिएका छन् ।